लुम्बिनीमा संसद् अधिवेशन आह्वान
लुम्बिनी प्रदेशमा संसद्को हिँउदे अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको सातौं अधिवेशन आह्वान गरेका हुन् ।
गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन बोलाउने निर्णय गर्दै प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोहीबमोजिम संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम आउँदो मंसिर ८ गते दिँउसो १ बजे बस्नेगरी बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
‘सम्बत् २०८२ साल मंसिर ८ गते सोमबार दिनको १ बजे माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूले प्रदेश सभाको सातौं अधिवेशन आह्वान गर्नुभएको छ’, सूचनामा उल्लेख छ ।
बैठक दाङको देउखुरीस्थित प्रदेश सभाको हलमा बस्ने सूचना अधिकारी गिरिराज खनालले बताए ।
भदौ २४ गतेको जेनजी विध्वंशमा प्रदेशका थुप्रै सरकारी कार्यालय ध्वस्त भएको छ । प्रदेश सभाको भवन भने जोगिएको उनले जानकारी दिए ।
टिप्पणीहरू