देउवाको उपचार सकियो, बैठक सकिएन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किदैछन् ।
देउवा पत्नी आरजू राणासँगै देउवा कात्तिक १० गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका थिए । जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते बूढानिलकण्ठस्थित निवासमै आक्रमणमा परेका उनीहरू साँझ काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको बताइएको छ ।
यता असोज अन्तिम सातादेखि शुरु भएको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिनासम्म पनि सकिएको छैन । नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्नेमा सहमति नजुट्दा बैठक लम्बिएको हो ।
केन्द्रीय समिति अनिर्णित भएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
नियमित महाधिवेशनको पक्षमा रहेको संस्थापन खेमा सभापति देउवा फर्किएपछि निर्णयमा पुग्ने तयारीमा छ ।
टिप्पणीहरू