संयमता अपनाउन प्रदेश प्रमुखको विशेष अपिल
मधेश प्रदेशका नवनियुक्त प्रमुख सुरेन्द्र लाभ कर्णले सबैलाई संयमित भएर अगाडि बढ्न आह्वान गरेका छन् ।
प्रदेशमा पछिल्ला दिनमा देखिएको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै उनले समुन्नत भविष्यका लागि हातेमालो गरेर अगाडि बढ्न सबैलाई विशेष अपिल गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै कर्णले संविधानको मर्म र भावना अनुकूल सहकार्य र संव्याको संस्कृतिलाई सबैले आत्मसात गर्नुपर्नेमा पनि जोड दिए ।
‘नेपालको संविधान, २०७२ को मूलमन्त्र नै सहअस्तित्व, समन्वय र सहकार्यको संस्कृति आत्मसात् गर्नुरहेकोले त्यसलाई हृदयगम गर्दै देश र प्रदेशमा एकअर्काको अस्तित्व एवं मर्यादालाई सम्मान गरेर समुन्नत भविष्यको मार्गप्रशस्त गर्ने दिशामा हातेमालो गर्दै अग्रसर हुनु अपरिहार्य रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
राजनीतिक अस्थिरताको वातावरणलाई विधिसम्मत निकास दिएर सुशासनयुक्त सुशिक्षित, सुःस्वास्थ्य एवं समुन्नत प्रदेशको निर्माणमा लाग्नुपर्नेमा प्रदेश प्रमुखको जोड छ ।
होटलमा मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएकी प्रदेश प्रमुख सुमित्रा भण्डारी पदबाट बर्खास्त भएपछि कर्णलाई सो ठाउँमा नियुक्त गरिएको हो । उनले हिजो मात्र पदभार ग्रहण गरेका हुन् ।
टिप्पणीहरू