मुख्यमन्त्रीविरुद्धको रिटमा सुनुवाई हुँदै

मुख्यमन्त्रीविरुद्धको रिटमा सुनुवाई हुँदै

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्तिविरुद्ध ७४ जना प्रदेश सभा सदस्यले हस्ताक्षरसहित दायर गरेको रिट सुनुवाईका लागि पेशी चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज रिटमाथि सुनुवाई हुन लागेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मुख्यमन्त्री बनेका जितेन्द्र सोनलले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सुमित्रा भण्डारीले बर्दिबासस्थित एक होटलमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएकी थिइन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदबाट बर्खास्त गरिसकेका छन् । 

यता, प्रदेश सभाका ७४ जना सदस्यहरुले उनको नियुक्ति असंवैधानिक भएकाले खारेजीको माग गर्दै सर्वोच्चमा कात्तिक २५ गते मुद्दा दायर गरेका थिए । कात्तिक २६ गते न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मुद्दा संयुक्त इजलासमा पठाउने आदेश गरेको हो ।
 

टिप्पणीहरू