अनेरास्ववियुमा धामी ‘इन’, कडरिया ‘आउट’

अनेरास्ववियुमा धामी ‘इन’, कडरिया ‘आउट’

नेकपा (एमाले) निकट अनेरास्ववियुको अध्यक्षमा दिपक धामी चयन भएका छन् । आज नयाँ बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसमा बसेको पदाधिकारी बैठकले सुजन कडरियाको राजीनामा स्वीकृत गर्दै धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । 

भदौ २३ गतेको जेनजी प्रदर्शन २४ गते विध्वंशमा परिणत भएपछि फेसबुकबाट राजीनामा दिएका कडरियाले केही दिनपछि पुनः राजीनामा फिर्ता लिएको घोषणा गरेका थिए । उनले आफूलाई धम्की दिएर राजीनामा दिन लगाइएको स्पष्टीकरण दिए पनि अन्य पदाधिकारीले भने संकटमा साथ छाडेको भन्दै आलोचना गरिरहेका छन् । 

केही दिनअघि गुण्डु पुगेका धामीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष बन्न सुझाएपछि कडरियाको राजीनामा फिर्ता औचित्यहिन बनेको बताइन्छ । आजको पदाधिकारी बैठकले धामीलाई अध्यक्ष र उपाध्यक्ष रहेकी अञ्जना शिवाकोटीलाई महासचिव बनाउने निर्णय गरेको बताइएको छ ।

टिप्पणीहरू