एमाले नेताहरु च्यासलमा भेला हुँदै
फाइल फोटो
नेकपा (एमाले) का विघटित प्रतिनिधिसभा सदस्यहरु आज दिउँसाे च्यासलमा भेला हुँदैछन् । संसद पुनःस्थापनाको माग गर्दै आएको एमाले तत्कालीन संसदीय दलको बैठक बस्न लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असंवैधानिक करार गर्दै आउनुभएको छ । जुन कुनै हालतमा संसद पुनःस्थापना हुनुपर्ने माग गर्दै आउनुभएका उहाँकाे आगामी फागुन २१ मा हुने भनिएको निर्वाचनसमेत असम्भव रहेको दावी छ । आजको बैठकले संसद पुनः स्थापना र आगामी निर्वाचनबारे छलफल गर्ने बताइएको छ ।
तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसलाई फकाएर संसद पुनःस्थापनाको मागसहित सर्वोच्च जाने तयारी छ । तर, कांग्रेसका अधिकांश नेताहरु भने निर्वाचनकै पक्षमा देखिन्छन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको लागि मंसिर १० गतेसम्म दल दर्ताको आह्वान गरेकोमा एमालेले पनि अबको ८ दिनभित्र दर्ता गरिसक्नुपर्ने बाध्यता देखिन्छ ।
टिप्पणीहरू