‘डाइभर्टेड’ विमान भैरहवा र पोखरा विमानस्थलमा !
नेपाल वायुसेवा निगमले अबदेखि आफ्ना जहाजलाई आवश्यक परेमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डाइभर्ट’ गर्ने निर्णय गरेको छ। विभिन्न कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण सम्भव नभएको अवस्थामा वैकल्पिक एयरपोर्टका रूपमा गौतमबुद्ध विमानस्थल प्रयोग गरिने निर्णय गरिएको छ ।
अहिलेसम्म यताबाट भारतका विमानस्थलमा जहाज डाइभर्ट गरिँदै आएपनि भोलिदेखि कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने परिस्थिति आएमा गौतमबुद्ध विमानस्थलमै अवतरण गराइने भएको छ । यसले खर्च कटौतीका साथै समय बचत हुने निगमको विश्वास छ।
निगमले अर्को अन्तर्राष्ट्रिय विमानस्थल पोखरालाई समेत डाइभर्टका लागि वैकल्पिक गन्तव्य बनाउने विषयमा प्रारम्भिक अध्ययन थालिएको जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक एयरपोर्टका रूपमा प्रयोग गर्न आवश्यक अध्ययन प्रक्रिया थालिएको छ।’
टिप्पणीहरू