प्रसाईंलाई हिरासतमा राख्न अनुमति, बाहिर नाराबाजी
संगठित रुपमा अराजकता फैलाएको आरोपमा गएराति पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंले शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि गरेको निष्कर्षसहित हिरासतमा राखेर अनुसन्धान गर्न भनेको छ।
राजसंस्था पुनःस्थापना र हिन्दुराज्यको मागसहित मंसिर ७ गतेदेखि मेची महाकाली आन्दोलनको घोषणा गरेका प्रसाईंले भारतबाट हजारौँ युवाहरु काठमाडौँ आउन लागेको भन्दै समाजमा त्रास उत्पन्न गराएका थिए । ‘विद्रोहले कसैको अनुमति माग्दैन’ भन्दै प्रहरी र प्रशासनलाई चुनौती दिएका उनी जसरी पनि भीड जम्मा गर्ने दाउमा देखिन्छन्।
यता प्रसाईं समर्थकहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले प्रसाईंलाई तत्काल रिहाइको माग गर्दै नाराबाजी गरेका हुन् । प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानका अन्य नेताहरुमाथि पनि प्रहरीले निगरानी राखेको बुझिएको छ ।
टिप्पणीहरू