दुर्गा प्रसाईं समातिएकोमा केपी ओली क्रुद्ध
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
पार्टीबाट जितेका उपत्यकाका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले बोलेकै भरमा कसैलाई पक्राउ गर्न नपाइने बताए । प्रसाईंले सोमबार बिहान भक्तपुरको मध्यपुर ठिमीस्थित निजी निवासमा पत्रकार सम्मेलन गरेर वर्तमान सरकार गठनको पछाडि बाह्य शक्तिको हात रहेको दावीसहित एक भिडियो सार्वजनि गरेका थिए । उक्त भिडियोमा उठाइएका प्रश्नको जवाफ सरकारले दिनुपर्ने ओलीको भनाई छ ।
‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस्, बोल्नै नपाउने पनि हुन्छ भन्या ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ कि बोलेकै भरमा कसैलाई थुन्न पाइदैँन’, उनले भने, ‘दिउँसो भिडियो निस्कियो, बेलुका समातियो, यो सरकारसँग त्यो भिडियोमा उठाइएको प्रश्नको जवाफ छ कि छैन ? म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु ।’
प्रसाईंले भएकै घटनाको विवरण सार्वजनिक गरेको दाबी गर्दै ओलीले त्यहि आधारमा पक्राउ गर्नु सरकारको स्वेच्छाचारी कदम भएको बताए । आक्रोश पोख्दै भने, ‘उत्तेजित भएर मान्छे गिरफ्तार गर्न पाइदैँन, कसलाई को मनपर्छ, कसलाई को मनपर्दैन भन्ने हुँदैन, भएको भिडियो बाहिर ल्याउनु अपराध हो ? राति राति स्वेच्छाकारी ढंगले के गरेको ? बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो ? सरकारले खुब तमासा देखाइरहेको छ !’
टिप्पणीहरू