मधेशका सभामुख पदमुक्त

मधेशका सभामुख पदमुक्त

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएकाे हो । 

सभामुख मण्डलले पदीय आचरण विपरित काम गरेको भन्दै नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, हस्पा नेपाल, लोसपा, जनमतलगायत सात दलले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि छलफल गर्न उपसभामुख बबिताकुमारी राउत ईशरले आज प्रदेश सभाको बैठक बोलाएकी थिइन् । 

बैठकमा ७८ सांसदको उपस्थिति रहेकोमा ७६ जनाले प्रस्तावको पक्षमा मत दिएका छन् ।  

एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले  होटलमा बोलाएर मुख्यमन्त्रीको शपथ खुवाएपछि किचलो शुरु भएकोमा सभामुख मण्डल पनि जोडिएका थिए । उनले विपक्षी दलका पाँच सांसदलाई हटाएपछि सात दलले अविश्वासको प्रस्ताव राखेका हुन् ।

टिप्पणीहरू