काँग्रेसमा कुरा नमिलेपछि बैठक स्थगित

काँग्रेसमा कुरा नमिलेपछि बैठक स्थगित फाइल फोटो

नियमित कि विशेष महाधिवेशन भन्ने विवादका कारण पटक-पटक स्थगित हुँदै आएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। 

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि बोलाइएको बैठक शनिबार बस्नेगरी स्थगित भएको जानकारी दिए । उक्त दिन दिउँसो १ बजे सानेपास्थित पार्टी मुख्यालयमा बैठक बस्ने उनले जारी गरेको वक्तव्यमा उल्लेख छ । 

कांग्रेसले यसअघि ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक आजका लागि सारेको थियो । असोज २८ गतेबाट शुरु भएको बैठक महाधिवेशन मितिबारे निर्णय लिन नसक्दा अनिर्णित रहँदै आएको छ। 

काँग्रेसमा सभापति शेरबहादुर देउवासहित संस्थापनका अधिकांश नेता वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर खेमा भने मङ्सिर अन्तिम वा पुसको दोस्रो साताभित्रमा विशेष महाधिवेशन गर्नुपर्ने अडानम

विवादकै कारण जारी केन्द्रीय समिति बैठकमा दुईथरी मिति प्रस्ताव गरिएको छ । त्यसयता बैठक बस्न सकेको छैन ।

टिप्पणीहरू