काँग्रेसका महिलाहरु आनन्दभूमिमा

काँग्रेसका महिलाहरु आनन्दभूमिमा

नेपाली काँग्रेसका महिला नेताहरू आगामी १५ औँ महाधिवेशनबारे विशेष छलफलमा जुटेका छन् । काठमाडौँ-१० स्थित आनन्दभूमि बिजनेश सेन्टरको सभा हलमा अहिले छलफल चलिरहेको छ । 

काँग्रेसको भात्री संस्था महिला संघ केन्द्रीय समितिको आयोजनामा 'आम निर्वाचन र १५औं महाधिवेशनमा महिला सहभागिता' विषयक अन्तरक्रिया कार्यक्रममा पार्टीको दोस्रो र तेस्रो तहका नेताहरूको उपस्थिति छ । 

अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा चलिरहेको कार्यक्रममा प्रदेश सभा सदस्य हरि प्रभा खड्गी,पूर्वमन्त्री कुन्दनराज काफ्ले,बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ,नेतृ सृजना सिंह, किसान संघका अध्यक्ष गणेशचन्द्र तिम्सिना, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेविसंघका अध्यक्ष दुजाङ शेर्पा लगायत तीन सय जना सहभागी रहेको बताइएको छ । 

नेपाली काँग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने विषयलाई लिएर नेतित्व तहमा विवाद छ । संस्थापन पक्ष निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा रहँदा ईतरखेमा भने चुनावअघि नै नियमित या विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छ ।

नेतृत्व तहमा विवाद चर्किरहँदा महिला संघ पनि विभाजित देखिन्छ । यसअघि विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका महिला नेता-कार्यकर्ताले काठमाडौंमा छुट्टै भेला गरेका थिए । 

सो भेलाले नयाँ नेतृत्वसहित फागुन २१ को चुनावमा जानुपर्नेमा निष्कर्ष निकाल्दै तत्काल विशेष महाधिवेशनको मिति तोक्न माग गरेको थियो ।

टिप्पणीहरू