बेलायतमा फेला परेको तोरण बाजागाजासहित पुनर्स्थापना

बेलायतमा फेला परेको तोरण बाजागाजासहित पुनर्स्थापना

काठमाडौंको वसन्तपुरस्थित कुमारी घरबाट दुई दशकअघि चोरी भएको र बेलायतमा फेला पारेर नेपाल ल्याइएको तोरण पुनर्स्थापना गरिएको छ । 

आज काठमाडौं महानगरपालिकाले बाजागाजा र  र्‍यालीसहित कुमारी घरमै ल्याएर तोरण पुनःस्थापना गरेको हो । कुमारी घरबाट हराएकोमध्ये सो तोरण दुई वर्षअघि बेलायतमा भेटिएको थियो । 

राष्ट्रिय सङ्ग्रालयको पहलमा नेपाल फिर्ता ल्याइएको तोरण आज महानगरलाई हस्तान्तरण गरिएको थियो । सङ्ग्रालयकी प्रमुख अरुणा नकर्मीले महानगरकी उपमेयर सुनिता डंगोललाई  बुझाएलगत्तै बाजागाजा र र्यालीसहित कुमारी घर लगिएको हो । 

तोरण हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठ, गुठी संस्थानका प्रमुख शैलेन्द्रराज कुँवर, सम्पदा संरक्षक गणपतिलाल श्रेष्ठलगायत सहभागी थिए ।


 

टिप्पणीहरू