प्रहरीलाई महेश बस्नेतको धन्यवाद

प्रहरीलाई महेश बस्नेतको धन्यवाद

जेनजी समूहको आक्रमणबाट जोगाएको भन्दै एमाले नेता महेश बस्नेतले सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।

विराटनगर विमानस्थलबाहिर जेनजीको आक्रमणबाट जोगिएका उनले फेसबुकमार्फत् प्रहरीलाई धन्यवाद दिदैँ आफू सकुशल रहेको जानकारी गराएका हुन् । 

राष्ट्रिय युवा संघको कोशी प्रदेशस्तरीय जागरण सभामा सहभागी हुने सुनसरी जाँदै गरेका बस्नेतविरुद्ध केही जेनजी युवाले विराटनगर विमानस्थलबाहिर नाराबाजी गर्दै रातो रङ छ्यापेका थिए । लगत्तै उनले फेसबुकमार्फत् भनेका छन्, ‘शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन, प्रहरीको तत्परताप्रति धन्यवाद।’

बस्नेतले युवा संघको अभियान कसैले छेक्दैमा नछेकिने पनि बताएका छन् । ‘बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ शुरु हुँदैछ, सकारात्मक सन्देशसहित यो अभियानले देशभर नयाँ प्रेरणा फैलाउनेछ’, उनले भनेका छन् । 

बस्नेत सवार गाडीमा रातो रङ छ्याप्ने केही युवालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

टिप्पणीहरू