घर फर्कन लागेका राजदूतको बिदाई

घर फर्कन लागेका राजदूतको बिदाई

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले बिदाई भेट गरेका छन् । शीतल निवास पुगेर उनले आज राष्ट्रपति पौडेलसँग बिदाई भेट गरेका हुन् । 

त्यसक्रममा नेपाल र साउदी अरेबियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

साथै, राष्ट्रपति पौडेलले राजदूत अबुहैमेदलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिएकोमा धन्यवाद दिएको पनि कार्यालयले बताएको छ ।

टिप्पणीहरू