भक्तपुरमा बेराेजगारलाई  उद्यमी बनाउन पहल

भक्तपुरमा बेराेजगारलाई  उद्यमी बनाउन पहल

भक्तपुर नगरपालिकाले बेरोजगार तथा आर्थिक रुपले कमजोर, विपन्न युवाहरुलाई उद्यम सञ्चालनका निम्ति ऋण दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ऋण लिन चाहने इच्छुक स्थानीय युवालाई निवेदन दिन आह्वान गरेको छ । 

नगरपालिकाका अनुसार नगर क्षेत्रभित्रका १६ देखि ४५ वर्षसम्मका बेरोजगार एंव आर्थिक रुपले कमजोर, विपन्न युवाले ऋणका निम्ति निवेदन दिन सक्नेछन् । युवा उद्यमशीलता प्रवर्द्धन ऋण परिचालन सम्बन्धमा बनेको कार्यविधि, २०७९ बमोजिम युवालाई उद्यमशीलता प्रवर्द्धन ऋण प्रदान गरिने नगरपालिकाको भनाइ छ । 

इच्छुक युवाले आगामी ३० दिनभित्र निवेदन पेश गर्न सक्नेछन् । निवेदनका साथ सम्बन्धित वडा कार्यालयको सिफारिस, निवेदक र अभिभावकको नागरिकता प्रतिलिपि, परिवारका सदस्यमध्ये दुई जनाको सहमतिपत्र, व्यवसायिक परियोजना प्रस्ताव र व्यवसाय दर्ता प्रमाणपत्र बुझाउनुपर्ने छ ।
 

टिप्पणीहरू