दुर्गा प्रसाईं आर्यघाट जाँदै, पायक पर्नेलाई निम्तो

दुर्गा प्रसाईं आर्यघाट जाँदै, पायक पर्नेलाई निम्तो

मेडिकल व्यावसायी तथा 'नागरिक बचाऊ महाभियान' का संयोजक दुर्गा प्रसाईंको पहलमा वेवारिसे शव दाहसंस्कार गरिने भएको छ । 

महाभियानले आज सूचना सार्वजनिक गर्दै प्रसाईंको पहलमा १० वटा वेवारिसे लास अन्त्यष्टि गर्न लागिएको जानकारी दिएको हो । त्यसका लागि प्रसाईं भोलि दिउँसो ठिक १ बजे पशुपति आर्यघाट जाने सूचनामा उल्लेख छ । 

'सँधै मानवीय सेवामा समर्पित दुर्गा प्रसाईंज्यू बेवारिसे लासको अन्त्यष्टिका लागि पशुपति आर्यघाटमा २०८२/०८/११ गते दिउँसो ठिक १ बजे १० वटा शव दाहसंस्कार गर्नलाई पशुपति आर्यघाट जाँदै हुनुहुन्छ', सूचनामा भनिएको छ, 'पायक पर्ने अभियन्ताहरू पुण्य  कार्यको लागि उपस्थित हुन हार्दिक आग्रह गर्दछौँ ।

वेवारिसे व्यवस्थापन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतले विगत डेढ दशकदेखि वेवारिसे शवकाे सदगद् गर्दै आएका छन् । याे अवधिमा उक्त संस्थाले झण्डै सात हजार वेवारिसे शवकाे सदगद गरिसकेकाे छ । देशका विभिन्न जिल्लामा शाखा कार्यालय समेत खाेलेर वेवारिसे शव सद्गगद गर्दै आएकाे साेही संस्थालाई सहयाेग गर्ने प्रसाईं भाेलि आर्यघाट जान लागेका हुन ।

संस्थाका अध्यक्ष बस्नेतका अनुसार,एक शव दाहसंस्कार गर्ने झण्डै १० हजार खर्च लाग्छ । वस्नेतले ७ हजार वेवारिसे शव दाहसंस्कार गर्दा अधिकांश आफ्नै व्यक्तिगत खर्चमा र केही शव दुर्गा प्रसाईजस्ता अभियन्ता,समाजसेवीहरूकाे सहयाेगमा दाहसंस्कार गर्दै आएका छन् ।

टिप्पणीहरू