गल्ती सच्चाउन तयार प्रचण्डद्वारा एकता आह्वान

गल्ती सच्चाउन तयार प्रचण्डद्वारा एकता आह्वान

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो अवस्थामा आफ्ना गल्ती वा कमजोरी सच्चाएर अघि बढ्न तयार रहेको बताउनुभएको छ ।

उहाँले दाङको लमहीमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै जेन जी प्रदर्शन र विध्वंशपछि राजनीतिमा आएको नयाँ परिस्थितिलाई सम्बोधन गर्न आफूलाई कुनै अप्ठेरो नभएको उल्लेख गर्नुभयो ।  

 युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदल्नुपर्ने आवश्यकता रहेको विगतलाई समीक्षा गर्न दबाब बढेको उहाँको भनाइ छ । १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी बनेको सन्दर्भमा आजै अन्य कम्युनिष्ट पार्टीहरुलाई पनि एकतामा सामेल हुन नेपाली कम्युनिष्ट पार्टीले आह्वान गरेको छ ।

टिप्पणीहरू