सर्वोच्चमा बहस गर्दागर्दै ढले वकिल

सर्वोच्चमा बहस गर्दागर्दै ढले वकिल

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी शुलभ खरेल इजलासमै ढलेका छन् । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा बहस गर्दागर्दै न्यायाधीशले सोधेको प्रश्नको जवाफ दिन नसकेर उनी ढलेको बताइएको छ । संसद पुनर्स्थापनाको पक्षमा जिकिर गरिरहेका खरेललाई रोक्दै न्यायाधीशले भदौ २४ गते अदालतमा आगजनी हुनुमा उनको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । त्यसपछि थरथर काम्दै उनी गर्ल्याम्मै ढलेको प्रत्यक्षदर्शी अर्का वकिलले बताए ।    

'अदालत जल्यो,अब न्यायाधीशको घर जलाउन जाऊँ भनेर फेसबुकमा लेख्ने ? अदालत डढाएर ठीक भयो भन्ने ? आगजनी गर्ने उपद्रवकारीलाई जथाभावी गर्न उकास्ने ?', न्यायाधीशले बेन्चबाट सोधेका थिए, 'तपाईंलाई त हामीले एउटा राम्रो कानुन व्यवसायीको रुपमा हेरेका थियौँ । अनि अहिले यही अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्यो भन्ने ?' त्यसपछि  'त्यस्तो हैन श्रीमान्' भन्दै माफी मागेर उनी काम्दै ढलेका थिए ।

उनी थरथर काम्दै माफी मागेर ढलेपछि न्यायाधीशहरुले अस्पताल लैजान कर्मचारीहरुलाई निर्देशन दिएका थिए । 

अमेरिकामा कानुन पढेर आएका खरेल रास्वपामा आवद्ध छन् । मंसिरका लागि तोकिएको रुपन्देही-३ को उप चुनावमा उनी उक्त पार्टीबाट उम्मेदवारको दावेदार थिए । तर, रास्वपाले लेखजंग थापालाई टिकट दिने निर्णय गर्यो । 

भदौ २४ को महाविध्वंशमा रास्वपाका अन्य नेताजस्तै खरेलले पनि समाजिक सञ्जालबाट भीडलाई भड्काएको आरोप छ । 

उनी थरथर काम्दै माफी मागेर ढलेपछि न्यायाधीशहरुले अस्पताल लैजान कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

थप:

१. अदालत डढेकोमा सुलभले खुशी मान्दा अर्का वकिलको  चिट्ठी

२. श्रीमानहरुलाई छानीछानी हान्न वकिलको सर्कुलर

टिप्पणीहरू