सभामुख किन शपथमा सामेल ?

सभामुख किन शपथमा सामेल ?

एकातिर आफैले असंवैधानिक कदम चालेको भन्दै असन्तुष्टि जनाउने,अर्कोतिर कामचलाउको हैसियतमा रहेका प्रधानमन्त्रीले गरेको क्याबिनेट पुनर्गठनपछिको शपथ ग्रहण समारोहमा सभामुख अग्निप्रसाद सापकोटा हिजो राती उपस्थित हुने !   प्रधानमन्त्रीको संवैधानिक र कानुनी हैसियतमाथि प्रश्नचिन्ह उठिरहेको बेला शीतलनिवासमा सभामुख सापकोटाको उपस्थितिले ओलीको कदमलाई बल मिल्नसक्ने विश्लेषकहरू बताउँछन् ।

हिजो शीतल निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति र प्रधानन्यायाधीश विभिन्न कारण देखाएर भएपनि अनुपस्थित हुनुभएको थियो । स्रोतका अनुसार सापकोटालाई गरिएको निम्तोमा को को मन्त्री बन्दैछन् भन्ने पूर्व जानकारी समेत दिइएको थिएन । तर पनि सभामुखको उपस्थितिलाई सबैले अचम्म मानेका छन् ।

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो ९ जना मन्त्री थप्दै र २ जनालाई हटाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको हो । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिश र राष्ट्रपतिको कदम असंवैधानिक भएकोले बदर माग गर्दै सर्वोच्चमा १४ थान मुद्दा दायर भएका छन् ।

टिप्पणीहरू