चिनियाँ एप्सदेखि भारतलाई डर ?
चीनसँग सीमा विवाद झेलिरहेको भारतले चिनियाँ मोबाइल एप्समाथिको प्रतिवन्धलाई बढाएको छ । यसअघि दर्जनौं चिनियाँ एप्सलाई प्रतिबन्ध लगाएको भारतले फेरी थप ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्ध गरेको हो । प्रतिबन्धित एप्समा सीमा विवाद जारी रहेका चीनका एप्स पनि रहेका छन् । त्यस्ता एप्सले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको भारत सरकारको दाबी छ ।
प्रतिबन्धित एप्समा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्सहरु रहेका छन्। भारतले केही महिनाअघि टिकटक र पब्जी जस्ता लोकप्रिय चिनियाँ स्वामित्वका केही मोबाइल एप्समाथि पनि प्रतिबन्ध लगाएको थियो। चिनियाँ मोबाइल एप्सले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरु संकलन गरी चीन पुर्याएको भारत सरकारको आरोप छ ।
चीन र भारतबीच सीमाविवाद उत्कर्षमा पुगेका बेला सीमावर्ती लद्धाख क्षेत्रमा भएको दुई पक्षीय झडपमा परि दर्जनौं भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त घटनापछि सीमा क्षेत्रमा बारम्बार तनावका घटना सार्वजनिक भैरहेका छन् ।दुई देशबीच सीमा विवाद चर्किरहँदा भारतले केही चिनियाँ उपभोग्य बस्तुमाथि पनि प्रतिवन्ध लगाएको थियो ।
टिप्पणीहरू