पीडित सभासदहरु मण्डलामा धर्ना

पीडित सभासदहरु मण्डलामा धर्ना

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मुलुकमा राजनीतिक ध्रुवीकरण बढेको छ। संसद विघटनविरुद्ध राजनीतिक दल,नागरिक समाज,विभिन्न संघसंगठन लगायतले लामो समयदेखि आन्दोलन गरिरहेका छन् । मुलुकमा राजनीतिक, संवैधानिक संकट चुलिएका बेला आज उपत्यकामा विभिन्न कार्यक्रम भैरहेका छन् ।

उपत्यकामा आज हुने कार्यक्रमहरू

अहिले बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कोभिड १९ विरुद्धको पहिलो खोप अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई दिई शुभारम्भ गर्नुभएकाे छ ।

पुरानो बाटो सडक विस्तार पीडित संघर्ष समिति र हनुमन्ते खोला पीडित संघर्ष समितिले बाहाखा बजारमा भइरहेको गैरन्यायिक सडक बिस्तार तथा हनुमन्ते खोला फर्काउने कार्यको बिरोधमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाउँदै छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रम बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा हुने बताइएको छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा सभा कार्यक्रम गर्दैछन् । सिद्धार्थ कटेज पार्टी प्यालेस धोबिघाट, ललितपुरमा अहिले बिहान ११ बजे सभा हुने जानकारी गराइएको छ ।

अहिले बिहान ११ बजे माइतीघर मण्डलामा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा प्रचण्ड ( माधव समूह० केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलको कार्यक्रमअनुसार संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेशसभा सदस्यसहित धर्ना कार्यक्रम गर्दैछ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली समूह) आदिवासी जनजाति महासंघ ललितपुरले राष्ट्रिय सभागृहको कार्यक्रममा सहभागी हुन मोटरसाइकल र्‍याली गर्दैछ । मध्यान्ह १२ झम्सिखेलमा भेला भएर र्याली गर्ने जनाइएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली समूह) आदिवासी जनजाति महासंघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा राष्ट्रिय भेला कार्यक्रम गर्दैछ । साढे १२ बजे हुने उक्त कार्यक्रम राष्ट्रिय सभागृहमा हुने भनिएको छ ।

दिउँसो १ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली समूह) का केन्द्रीय सदस्य महेश बस्नेतको उपस्थितिमा चन्द्रसूर्योदय आधाभुत विद्यालयको नव निर्मित भवन उद्घाटन कार्यक्रम हुँदैछ । सूर्यविनायक नगरपालिका वडा नं। ७ घ्याम्पेडाँडामा कार्यक्रम हुने जनाइएको छ।

टिप्पणीहरू