नेकपाको मानव साङ्लोले टुँडिखेल घेरियो
गैरसंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटन, प्रतिगमन, महँगी र भ्रष्टाचारविरुद्ध आज दिउँसो टुँडिखेललाई मानव साङ्लोले घेरियो ।
नेकपा (बहुमत) को वाग्मती प्रदेश, सम्पर्क कमिटीको आयोजनामा भएको मानव साङ्लो कार्यक्रमका सहभागीरूहले विभिन्न नारा लेखिएका प्लेकार्ड झुण्डाएका थिए ।
प्रधानमन्त्रीको प्रतिगमनकारी कदमविरुद्ध नेकपा (बहुमत) ले चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
त्यसअन्तर्गत उसका विभिन्न कमिटीले स्थानीय रूपमा विरोध कार्यक्रम तय गर्न सकिने निर्णय गरेकाले वाग्मती प्रदेश सम्पर्क कमिटीले आज मानव साङ्लोको कार्यक्रमको आयोजना गरेको हो ।
टिप्पणीहरू