उपमेयरको आम्दानी अचम्मै

अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिकाका उपमेयर टीका रेस्मी मगरले पूर्वमाओवादीका नाममा अकुत सम्पत्ति आर्जन गरेको हुँदा निजलाई कारबाही होस् । टीका नगरभित्र सडक, सिँचाइ, खानेपानी, स्कुल, पुल निर्माण, घरेलु सीप तालिम, कृषि, पशुपालन आदिमा विनियोजन हुने सबै बजेटमा २० प्रतिशत कमिसन लिएपछि मात्रै विकास कार्य सञ्चालनका लागि सहमत हुन्छन् । घुस र भ्रष्टाचारको आम्दानीबाट कपिलवस्तुको बैरिया र बुटवलमा ५ करोड मूल्य पर्ने ४ वटा घडेरी र ४ बिघा जग्गा खरिद गरेका छन् ।

पुख्र्याैली सम्पत्ति केही नभएका रेस्मीले करोडौं भ्रष्टाचार गरी डोजरसमेत खरिद गरेका छन् । विकास निर्माणमा व्यक्तिगत डोजरलाई बढी मूल्यमा प्रयोग गर्न बाध्य बनाउँछन् । भर्खरै बाणगंगा खोलाको विक्रम पुल निर्माणमा ३० लाख भ्रष्टाचार गरेका छन् । नगरपालिकाको रकमले घरको चारैतिर र जग्गावरिपरि सडक खनेका छन् । नातेदारलाई नगरपालिकाको गाडी प्रयोग गरी काठमाडौं, बुटवल, भैरहवा, अर्घाखाँचीलगायत ठाउँमा घुमाउँछन् । जस्ता पनि आफन्तलाई बाँडेर वास्तविक गरिब किसानले पाएनन् । म उपमेयर भए पनि मेरो लागि मेयर सूर्य अधिकारी (नेपाली कांग्रेस) कोही होइनन् भन्छन् ।

वडा नं १३ सिमलपानीमा १०ं२ स्कुल निर्माण गर्नुअगाडि नै ३० लाख कमिसन माग्दा सो नपाएकाले गुण्डा लगाई निर्माणमा अवरोध पु¥याउन पनि सफल भएका हुन् । नगरपालिकाभित्रका जंगल फडान गरी सरकारी काठ तस्करी एवं स्थानीय खोलामा भएका बालुवा, रोडा, गिट्टी व्यक्तिगत फाइदाका लागि दोहन गरिरहेका छन् ।

उमेरले डाँडो काट्न लाग्दा पनि राम्रा–राम्रा केटीहरूलाई रात बस्नेगरी कहिले बुटवल त कहिले काठमाडौंसम्म घुमाउँछन् । बाँदर लड्ने सिमलपानी गाउँको केही नभएको व्यक्तिलाई उपमेयर हुनासाथ २ वर्षमै १० करोडभन्दा बढीको घरजग्गा कसरी आर्जन भयो, नगरपालिका नै चकित परेको छ ।

सिडिओ र प्रहरीले यस्ताको निगरानी राख्दा राम्रो हुन्थ्यो, किन नगरेको होला ? सम्माननीय प्रधानमन्त्रीज्यू, भ्रष्ट टीकाको आतंकबाट हामी स्थानीय आतंकित छौँ । स्थानीय प्रशासनलाई बुझ्न लगाई अख्तियारबाट शीघ्र कारबाही गरियोस् भनी विनम्र अनुरोध गर्दछौं ।

– शीतगंगा नगरवासी

टिप्पणीहरू