दाङमा विद्यार्थी बोकेको बस दुर्घटना, एकको मृत्यु

दाङमा विद्यार्थी बोकेको बस दुर्घटना, एकको मृत्यु

दाङको तुलसीपुरस्थित ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तुलसीपुर १५ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको हो ।

डरुवाबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१क ४३३ नम्बरको उक्त बस तुलसीपुर नगरपालिका–१५ स्थित सरैया भन्ने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य १५ जना विद्यार्थी घाईते भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।

घाईतेहरूको राप्ति प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाको कारण ब्रेक फेल भएको आशंका गरिएको छ ।

टिप्पणीहरू