मानव बेचबिखनको आरोपमा महिला पक्राउ

मानव बेचबिखनको आरोपमा महिला पक्राउ

मानव बेचबिखनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

२८ वर्षीया एक महिलालाई भारतको नयाँ दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई फकाई बेचबिखन गर्न खोजेको अभियोगमा मधुवन नगरपालिका–५ निवासी ४३ वर्षीया रुपा सुनारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुवन नगरपालिका–८, लालीबजारबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशिल थापा मगरले घटना अनुसन्धानको क्रममा रहेकोले प्रमाण प्राप्त भए पनि अभियुक्तहरु फरार हुनसक्ने कारण देखाउँदै तत्काल केही खुलाउन नमिल्ने बताउनु भएको छ ।

टिप्पणीहरू