होली र पार्टी प्रवेश सङ्गसङ्गै

होली र पार्टी प्रवेश सङ्गसङ्गै

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ ।
सोही पार्टीको मधेश प्रदेश विशेष जिल्ला समितिको आयोजनामा आज अपरान्ह उक्त कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा बोल्दै जसपा अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्टहरु गन्तव्य नभएको नक्कली कम्युनिष्ट भएकोले नक्कली कम्युनिष्टहरुसंग टक्कर गरिरहेको बताउनु भयो । यादवले बारा-पर्साकी सामाजिक अभियन्ता प्रमिला गिरीलाई खादा ओढाएर पार्टी प्रवेश गराउनु भएको थियो ।

र्यक्रममा केन्द्रीय नेताहरु सुशीला श्रेष्ठ,अशोक राई, हिसिला यमी,मधेश प्रदेश विशेष सम्पर्क समितिका सचिव यजाज मिक्रानीलगायत ७०/८० जनाको उपस्थिति थियो ।

टिप्पणीहरू