भन्दा फरार,कागजमा हाजिर,बल्ल पक्राउ

भन्दा फरार,कागजमा हाजिर,बल्ल पक्राउ

मालपोतको जग्गा बिक्री प्रकरणमा मुख्य अभियुक्त ठहरिएका कम्प्युटर अपरेटर गणेश बिक समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका(६ का सौगात रावत स्वामित्वको जग्गा उनलाई थाहै नदिएर अर्कैको नाममा सार्ने काममा संलग्न रहेको ठहरसहित जिल्ला अदालतले निजलाई समात्न आदेश दिएको थियो ।

बिकको नाममा पक्राउ पुर्जी जारी भएको लामो समय भैसक्दापनि उनी फरार रहँदै आएका थिए । जबकी उनी अस्ति चैत्र १२ गते बिहिवारसम्म कार्यालयमा हाजिर भएको अभिलेखमा देखिन्छ । बिक हाजिर गरेको प्रमाण भेटिएपछि प्रहरीले बल्ल समातेको हो ।

जग्गा नामसारि गराउनेमा संलग्न भएको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्री,कमला सापकोटा,कृष्ण थापा,तीर्थबहादुर महतारा,नापी कार्यालय सुर्खेतमा कार्यरत कार्यालय प्रमुख राजेन्द्र थापा, भीमलाल आचार्य,दिपेन्द्र पुलामीविरुद्व मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत सुर्खेतले गत फागुन २७ गते जग्गा नामसारी कार्यमा संलग्न मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना र जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला न्यायाधीश बिलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउदसहित छ जनालाई धरौटीमा छोड्न त्यहीबेला आदेश दिएको हो ।

अभियुक्तलाई पक्राउ परेको समय अर्थात मुद्दा किनारा नलाग्दासम्म स्वतः निलम्वन हुने कानुनी प्रावधान भएपनि जिल्ला अदालत सुर्खेतले सामान्य धरौटीमा उनीहरुलाई छोडेको थियो ।

यद्यपि धरौटीमा छुटेका कर्मचारीहरु हाल कार्यालयमा दैनिक हाजिर भैरहेको बताइन्छ ।

टिप्पणीहरू