सारुका ६ कृति एकैपटक विमोचन

सारुका ६ कृति एकैपटक विमोचन

साहित्यकार नैनसिंह सारुका विभिन्न विधामा लेखिएका ६ वटा कृति एकैपटक विमोचन गरिएएको छ । अमेरिकाबासी नेपालीभाषी साहित्यकार सारुका `आन्दोलन’ खण्डकाव्य, ‘सुगुरको पत्र खसीलाई’ कविता संग्रह, ‘माटो खन्नु देश नखन्नु’ कथा संग्रह , ज्वाइॅ चिन्नु छोरी दिनु’ एकांकी संग्रह , ‘जनातिले हजुरबाबा देख्नुपर्छ’ निवन्ध संग्रह र ‘प्रेम गर्नु भर नपर्नु’ गजल संग्रहको एकैपटक विमोचन भएको हो ।

साहित्य परिषद् भूटान’ को २८ औॅ स्थापना दिवसको अवसरमा आइतबार जुम एप्लिकेसनमा भर्चुअल कार्यक्रम गरि कृति विमोचन गरिएको अमेरिकाबाट केशव घिमिरेले जानकारी दिनुभयो । साहित्य परिषद् भूटान’ का अध्यक्ष गंगाराम लामिटारेको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा परिषद्का सचिव खेम रिजालले कृतिहरुको विमोचन गर्नुभएको हो ।

साहित्यकार सारुले नेपाली भाषाप्रतिको मायाले आधा दर्जन कृति रचना गर्ने प्रेरणा मिलेको भन्दै आगामी दिन अझ लेखन यात्रामा लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा पत्रकार भक्त घिमिरेले ‘सन् २०२० को ‘हिमतारा प्रतिभा सम्मान पुरस्कार’ गल्ली गल्लीका गीत’ कविता संग्रहकी कवि तीलारुपा आचार्यलाई प्रदान गरिने घोषणा गर्नुभयो । सारुका कृतिमाथि टिप्पणी गर्दै सहभागीले सबै कृतिमा सरल र मिठो भाषा शैलीको प्रयोग भएको र मातृभाषाको बचाउन सहयोग पुग्ने बताए ।

टिप्पणीहरू