अर्घाखाँचीमा भीषण डँढेलो

अर्घाखाँचीमा भीषण डँढेलो

अर्घाखाँचीको पाणिनि गाँउपालिका–८, पालीमा भीषण डँढेलो लागेको छ । पालिको कोल्लाणिपाखा सामुदायिक बन र जनकल्याण सामुदायिक बन, वरपोख्रामा लागेको आगो नियन्त्रण बाहिर रहेको प्रहरी चौकी पालीका प्रमुख गन्जबहादुर घर्तीले जानकारी दिएका छन् ।

डँढेलो लागेको जंगलभन्दा तीन सय मिटर नजिकै बस्ती छ । अहिले बस्ती जोगाउने गरी आगो नियन्त्रणको निम्ति प्रयास गरिएको घर्तीले बताएका छन् । डँढेलोबाट साविक पाली गाविसको वडा नं. ५ र ६ को कमला मावि तथा कोट आसपासको वस्ती उच्च जोखिममा परेको छ । सोमबार दिउँसोबाट फैलिएको आगो राती ९ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

सन्धिखर्कको दमकल बोलाइए पनि अबेरसम्म नआएको स्थानीय प्रहरी चौकीले जनाएको छ । डँढेलो नियन्त्रणको निम्ति नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयको प्रयास जारी रहेको बताइएको छ ।

टिप्पणीहरू