कोरोना महामारीपछिको संसार

कोरोना महामारीपछिको संसार

कोरोना महामारीपछि अबको संसार कस्तो हुन्छ होला ? के मानिस पहिलाझैं सामान्य जीवन जिउन सक्छन् ? अंकमाल गर्दै, एकआपसमा पहिलाझैं नजिक हुँदै र मुख तथा नाक नछोपी हिँड्न सक्लान् ? केही न केही फरक अब अवश्य आउनेछ । जीवन यही हुनेछ तर दिनचर्या नयाँ । जसले अफिस र घरको काम गर्ने तरिका, सामाजिक, खाने तरिका तथा कमाउने र खर्च गर्ने शैलीमा केही न केही परिवर्तन ल्याउनेछ । हामी यो महामारीबाट जतिसक्दो चाँडो छुट्कारा पाउन चाहन्छौँ तर कोरोना कहिलेसम्म रहन्छ, यकिन छैन । दोस्रो लहर शुरु भएकाले अब यसो गर्दा बेस होला :

घरमै बसेर अफिसको काम गर्ने
धेरै मान्छेले कोरोनाकालमा घरमै बसेर अफिसको काम गरे तर काम गर्ने वातावरण अफिसमा झैँ घरमा कदापि हुन सक्दैन, यसले व्यक्तिगत तथा कार्यगत जीवनबीच तालमेल मिलाउन गाह्रो भएको धेरैको अनुभव छ । तथापि घरमा बसेर अफिसको काम गर्दा केही फाइदा अवश्य छ । जस्तै ः
कामगराइमा केही लचकता ः काम गर्ने किसिममा पाइएको लचकताले केही हदसम्म उत्पादनशीलता बढ्छ, जसले गर्दा रोजगारदातालाई बेफाइदा भन्दा फाइदा नै बढी पुग्छ । हालै एअरटास्कर नामक एउटा संस्थाले १००४ जना जागिरेसँग गरेको अध्ययनअनुसार घरमा बसेर काम गर्नेले अफिसमा बस्नेले भन्दा प्रत्येक दिन १.४ घण्टा वा १६.८ दिन प्रतिवर्ष बढी काम गर्ने गरेको पाइएको छ ।

अफिसमा गएर काम गर्दाको पहिलो तनाव के होला ? घरबाट अफिस र अफिसबाट घरको यात्रा, चाहे त्यो गाडीमा होस् या निजी सवारी साधनमा वा हिँडेर होस् तर यात्रा त गर्नैपर्छ र तनाव त्यतिबेला हुन्छ जुनबेला ट्राफिक जाम बढी हुन्छ । द वासिंगटन पोस्टमा छापिएको एक विश्लेषणअनुसार प्रत्येक अमेरिकनलाई आ–आफ्नो अफिस जान प्रत्येक दिन घटीमा २७ मिनेटको यात्रा गर्नुपर्ने हुन्छ । यो भनेको लगभग प्रत्येक जागिरे दिनको १ घण्टा आउन र जानमा खर्च हुनु हो । यसैगरी, इकोनोमिक टाइम्सको एक आर्टिकलअनुसार भारतीय प्रत्येक दिन औसतमा ७ प्रतिशत समय यात्रामा खर्चिन्छन् ।

घरमै बसेर काम गर्दा दैनिक खर्चमा केही कमी अवश्य हुन्छ । जस्तैः आफ्नो सवारी साधनमा हालिने तेल खर्च, मर्मत सम्भार खर्च, पार्किङ खर्च, लञ्च । यो बचत जागिरेलाई मात्र नभई रोजगारदातालाई पनि लागू हुन्छ । ग्लोबल वर्कप्लेस एनालिटिक्सको एक अध्ययनअनुसार अमेरिकामा सामान्य रोजगारदाताले पनि आफ्नो कर्मचारीलाई घरमै राखेर काम गराउँदा ११ हजार डलर प्रत्येक वर्ष बचाउन सक्छन् भने एक अनुमानअनुसार यो वर्षबाट अमेरिकामा २५ देखि ३० प्रतिशत कामदारले घरमै बसेर अफिसको काम गर्नेछन् ।

अनलाइन शिक्षा प्रणालीकोरोनाले गत वर्षबाट कक्षाकोठालाई ल्यापटप र स्मार्ट फोनमा बदलिदियो र यो चलन क्रमशः संसारका धेरै देशहमा चलेको छ । अवस्था हेरिकन यो नै अबको शिक्षा प्रणाली हुन सक्नेछ । यो अवधिमा शिक्षक र विद्यार्थी दुवै पक्षले धेरै नयाँ कुरा सिके, सिक्ने क्रम जारी नै छ र जति गाह्रो भए पनि यो प्रणालीमा केही फाइदा अवश्य छन् जस्तै, समयानुकूल लचिलो तालिका, विभिन्न शैक्षिक विषयगत कुरामा विद्यार्थीको पहुँच, कुनै अप्ठ्यारा कुरामा अभिभावकको साथ र स्कुलको समयतालिकाअनुसार जाने र आउने समयको बचत ।

डिजिटल मुद्रा
अब डिजिटल मुद्रा र अनलाइन कारोबारको प्रचलन बढ्नेछ । यसैगरी क्रिप्टो मुद्रा र बिटक्विनले पनि संसारभरिका लगानीकर्तालाई आकर्षित गर्दैछ । नेपालमा यो अहिलेसम्म वर्जित छ तर भविष्यमा के हुन्छ भन्न सकिन्न । चीनले पहिले नै डिजिटल युआनको परीक्षण गरिसकेको छ भने अमेरिका, युके, फ्रान्स र दक्षिण कोरियालगायत केही राष्ट्र चीनलाई पछ्याउँदै छन् । यो प्रविधिले भुक्तानी प्रणालीलाई सरल बनाउँछ भने नोट छाप्ने झन्झटिलो प्रक्रिया र नोट छाप्ने कागजको खर्च बचत हुनेछ । यस किसिमको डिजिटल प्रक्रियालाई अगाडि बढाउने क्रममा रूसले पे पास र एप्पल पे, भारतले पे टिएम र जी पे, चीनले वी पे र क्युआर कोड तथा फेस स्क्यान, अमेरिकाले अमेजोन गो स्टोर जान सहज बनायदिएको छ । यसबाट ग्राहकहरु पसलमा गएर मन परेको सामान टिप्छन् र बाटो लाग्छन् । खरिदारीको हरहिसाब भने स्वचालित रूपमा ट्र्याक गरिन्छ र बैंक खाताबाट सो रकम काटिन्छ । नेपालमा भने भर्खरै क्युआर कोड लागू गरिएको छ, फोन पे र ई सेवाजस्ता डिजिटल प्रणाली पनि चलनचल्तीमा छन् । विकासमा विज्ञानले फड्को मार्ने क्रममा डिजिटल मुद्रा अब आउने वर्ष विश्वभरि एक वास्तविकता बन्न सक्छ ।

डिजिटल स्वास्थ्य पासपोर्ट
कोरोनाकालमा संसारका धेरै राष्ट्र पहिला त खोपको विकासमा लागे भने त्यसपछि यसलाई कसरी व्यवस्थित बनाउने भन्नेतिर सोच्न थाले । अहिले आएर जताततै भ्याक्सिन पासपोर्टको कुरा चल्दै छ । यो नै हरेक व्यक्तिको डिजिटल स्वास्थ्य पासपोर्ट बन्नेछ । यसमा तपाईंको स्वास्थ्यको डिजिटल रेकर्ड रहनेछ, तपाईंले पहिला उपचार गर्नुभएको र ओखती के–के खानुभएको वा के–के खानु हुँदैन भन्ने रेकर्ड साथै ब्लड टेस्ट, कोभिड टेस्ट र तपाईंले लगाउनुभएको कोभिड खोपको विवरण रहनेछ । यो पासपोर्ट प्रयोग गर्दा हरेक पटक यी कुरा भनिरहनु पर्दैन । यो पासपोर्टको माध्यमबाट अहिले कोरोनाको जुन ट्रयाकिङ, ट्रेसिङको तरिका छ, त्यसलाई हटाइनेछ । मुख्य–मुख्य एयरलाइन्स कम्पनी तथा संगठनहरूले भनिसकेका छन् कि उनीहरूको विमानमा यात्रा गर्नेले अनिवार्य रूपमा यो पासपोर्ट देखाउनु जरुरी छ ।

भविष्यको खानाके खाना अब प्रयोगशालामा उत्पादन होलान् ? सिंगापुर यो मामलामा पहिलो देश बनेको छ, जसले पहिलोचोटि ल्याबमा उत्पादित मासु बिक्री थालेको छ, जुन हेर्दा खेरी साँच्चिकै मासुजस्तै र खाँदा पनि उस्तै स्वाद भेटिन्छ भने यस्तो मासु प्रशोधन गर्दा कुनै पनि जनावरलाई हानि तथा बध गर्नु पर्दैन । यसप्रकार मांसाहारीको खाना अब ल्याबबाट आउन सक्छ र यो नै भविष्यमा हामीले खाने मासुजन्य खाना हुन सक्छ । तर यो खाना अहिलेको वास्तविक मासुभन्दा धेरै महँगो हुनेछ ।

एड्भान्स सैनिक

बीबीसीमा डिसेम्बरमा छापिएको एक रिपोर्टअनुसार फ्रान्सको रक्षा मन्त्रालयले केही महिनाअगाडि लडाइँका लागि विकसित र अति शारीरिक क्षमता भएका सैनिकको उत्पादन बढाउने बताएको थियो । यस्तो सैनिक भनेका अतिरिक्त शारीरिक कौशल भएका, पीडा प्रतिरोध क्षमता भएका र अतिरिक्त दिमाग लगाउन सक्ने शक्ति हुनेछ । व्यक्तिगत रूपमा यस्ता सैनिक लामो समयसम्म जागा रहन सक्ने हुनेछन् भने आफ्नो शत्रुलाई टाढाबाटै चिन्न सक्ने छन् ।

हरेक युद्धमा खटिने सैनिकमा एउटा माइक्रो चिप्स प्लान्ट गरिनेछ, जसले उनीहरूको दिमागी क्षमतालाई अझ विस्तार गरिदिनेछ । भर्खरै द वाल स्ट्रिट जर्नलको एक आर्टिकलमा नेशनल इन्टेलिजेन्स अमेरिकाका निर्देशक जोन ¥याटक्लिफले चीनले विकास गर्दै गरेको आनुवंशिक रूपले परिमार्जित सैनिकबारे चेतावनी दिएका थिए । यसबाहेक अब इन्टरनेटको व्यापक प्रयोग हुनसक्छ, तपाईंको ग्याजेट्सहरू अति विकसित रूपमा आउनेछन्, विभिन्न उपकरण एकआपसमा कनेक्टेड या एकले अर्कोलाई उपयोग गर्न मिल्ने हुनेछन् । सँगसँगै फिफ्थ जेनेरेसन नेटवर्कले संसारमा तहल्का मच्चाउनेछ, जसले गर्दा सम्पूर्ण यान्त्रिक उपकरण अति तीव्र गतिमा सञ्चालन गर्न सकिनेछ र संसारका करिब ५० वटा सञ्चालकले ३० भन्दा बढी देशमा यो सेवा यो वर्षभित्र पु¥याउने अपेक्षा गरिएको छ । यस सँगसँगै अर्को असाधारण प्रवृत्तिको प्रविधि पनि शुरु हुने क्रम जारी छ । जस्तै ः भर्चुअल रियालिटी÷अउजमेन्टेड रियालिटीको विकास तथा विस्तार । यसको प्रयोग र उपयोग पहिला पनि विभिन्न कम्प्युटर गेम तथा कम्प्युटरसँग सम्बन्धित अन्य क्रियाकलापमा हुँदै आएको छ भने यो क्रम अब एकीकृत रूपमा आउँदो वर्ष व्यापक हुनेछ ।

भर्चुअल रियालिटी भन्नाले कम्प्युटरमार्फत विशेष इलेक्ट्रोनिक उपकरण प्रयोग गरेर थ्रीडी (त्रिआयामिक छवि) लाई हेलमेट वा हातको पन्जामार्फत सेन्सरको सहायताले वास्तविकझैँ देखिने गरी बनाइएको दृश्य हो, जसमा हामीले शारीरिक रूपमा अन्तरक्रिया गर्न वा खेल्न पनि सकिन्छ भने अउजमेन्टेड रियालिटी एउटा त्यस्तो विधि हो, जसले वास्तविक कम्प्युटरको प्रयोगकर्ताको दृश्यमा कम्प्युटरले जेनेरेट गरेको छविलाई सुपरइम्पोज गर्छ र यसप्रकारले कम्पोजिट दृश्य प्रदान गर्छ ।

यसको प्रयोग र उपयोग पहिला पनि विभिन्न कम्प्युटर गेम तथा कम्प्युटरसँग सम्बन्धित अन्य क्रियाकलापमा हुँदै आएको थियो÷छ भने यो क्रम अब एकीकृत रूपमा आगामी वर्षमा व्यापक हुनेछ र हाम्रो दैनिकीमै यसको असर पर्नेछ । जस्तै, मनोरञ्जनको विभिन्न क्रियाकलापमा, शिक्षामा, स्वास्थ्यमा, निगरानीमा तथा अन्य सुरक्षा क्षेत्रमा पनि ।

(फाेटाेहरू बिभिन्न मिडियाबाट साभार)

 

टिप्पणीहरू