उदयपुरमा पनि समानान्तर एमाले

उदयपुरमा पनि समानान्तर एमाले

नेकपा एमाले माधव समूहले अन्तरपार्टी संघर्षलाई तीव्र बनाउँदै उदयपुरमा २०५ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

साे समितिमा साविककै एमाले जिल्ला अध्यक्ष ईश्वरमणि राउतले नेतृत्व लिएका छन । उपाध्यक्षमा कैलाश बस्नेत, सचिवमा जयराम पंजियार, उपसचिवमा गीता खड्काले जिम्मेवारी पाएका छन् ।

नयाँ जिम्मेवारीका साथ जिल्ला नेतृत्वमा स्थापित सबैलाई एमालेका पाेलिटब्यूराे सदस्य जगन्नाथ खतिवडाले सपथ गराएका छन् । ३ महिनाभित्र जिल्लाका आठ पालिका र ७५ वडा समिति गठन गर्ने निर्णय छ ।

टिप्पणीहरू