पौडेलका भाइको निधनले काङ्ग्रेस बैठक स्थगित

वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधनले नेपाली कांग्रेस शोकाकुल भएको छ ।

यसकारण आज हुने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने भनिएकोे बैठक स्थगित भएको नेपाली कांग्रेसले जनाएको छ ।

गोविन्दको आज बिहान चितवन रत्ननगरमा निधन भएको थियो ।

टिप्पणीहरू