गण्डकी प्रदेश सरकार ढल्ने निश्चित
एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई केही दिनअघि माओवादी केन्द्र र हिजो जनमोर्चाले समर्थन फिर्ता लिने घोषणा गरेपछि स्पष्ट अल्पमतमा परेको सरकारविरुद्ध अहिले ११ बजे अविश्वास प्रस्ताव दर्ताको अन्तिम गृहकार्य हुँदैछ । ६० सदस्यीय प्रदेश सभामा एमालेका २७ जना सांसद छन् ।
“गण्डकी प्रदेशमा जसपाका सांसदहरू हरिशरण आचार्य र धनमाया पोख्रेल लामा दुबै जना डा. बाबुराम भट्टराईनिकट मानिन्छन् ।”
जनमोर्चाको ३ जना सांसद र जसपाका दुई जनाले समेत अविश्वासको पक्षमा मतदान गर्ने भएपछि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार स्पष्ट अल्पमतका साथ संकटमा पर्ने निश्चित भएको हो । कुनै चमत्कार भएन भने अबको दुई साताभित्र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपालीले बदली गर्ने आकलन गरिदैछ ।
गण्डकी प्रदेशमा जसपाका सांसदहरू हरिशरण आचार्य र धनमाया पोख्रेल लामा दुबै जना डा. बाबुराम भट्टराईनिकट मानिन्छन् । केन्द्रमा महन्थ ठाकुर र राजेन्द्र महतोहरू प्रधानमन्त्री ओलीसङ्ग नजिकिए पनि गण्डकीमा ठीक विपरित अवस्था देखिएको हो ।
गण्डकीमा प्रधानमन्त्री ओली निकटको सत्ता हट्ने निश्चितसँगै उता कर्णालीमा पनि माओवादी केन्द्रको सत्ता उल्टिने प्रवल सम्भावना छ ।
टिप्पणीहरू