बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु
बाँकेको खजुरा–२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा हिजो राती १० बजे मृत्यु भएको छ ।
नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार गरिएको पीसीआर परीक्षणपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।
टिप्पणीहरू