यौनदुराचारी जागा आठ वर्षपछि पक्राउ

यौनदुराचारी जागा आठ वर्षपछि पक्राउ

बर्दियामा यौनदुराचारका फरार अभियुक्त पक्राउ परेका छन् । अप्राकृतिक मैथुनको घटनामा संलग्न भई फरार रहेका बढैयाताल गाउँपालिकाका २७ वर्षीय आरिफ जागालाई प्रहरीले गत मंगलबार पक्राउ गरेको हो ।

जिल्लाको बाँसगढीमा रहेको काठ मिलमा आफ्नो नाम ठेगाना लुकाई काम गरिरहेको अवस्थामा जागा पक्राउ परेको बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको शाहीले बताए ।

बर्दिया जिल्ला अदालतले २०७५ साल जेठ ४ गते जागालाई ८ वर्षको कैद सुनाएको थियो भने उच्च अदालत नेपालगञ्जले थप १ वर्ष सजायको फैसला सुनाएको थियो ।

त्यसयता फरार रहँदै आएका उनलाई प्रहरीले बैशाख २ गते अदालतमा बुझाएको थियो । अदालतको फैसलाअनुसार जागालाई जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू