एमसीसीबारे सांसदहरूको चासो, मन्त्री मौन

एमसीसीबारे सांसदहरूको चासो, मन्त्री मौन

संसदीय समितिमा एमसीसीबारे सांसदहरूले चासो राखेका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग आज गरेको छलफलमा सांसदहरूले एमसीसीबारे स्पष्ट पार्न सरकारसँग माग गरेका थिए ।

नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारी र नेकपा एमालेका सांसद मोहन बानियाँले नेपाल सरकारले गर्ने सहमति,सम्झौताबारे स्पष्ट जानकारी दिन माग गरेका हुन् । विगतमा गरिएका सन्धि, सम्झौताले नेपाललाई दूरगामी असर गर्ने भएकाले त्यसतर्फ सचेत रहन उनीहरूले सरकारलाई सुझाव दिएका छन् । सांसद बानियाँको भनाई थियो ‘छिमेकी राष्ट्रसँग गरिने सन्धि, सम्झौतामा झन् सावधानी अपनाउनुपर्छ ।’

तर,बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले एमसीसीबारे स्पष्ट जवाफ नदिएर टार्नुभएको थियो । उहाँले सन्धि, सम्झौता गर्दा सरकारले नेपालको सर्वोपरी हितलाई ध्यान दिएको बताउनुभयो ।

टिप्पणीहरू