प्रयोगविहीन डेढ सय अक्सिजन सिलिन्डर संकलित

प्रयोगविहीन डेढ सय अक्सिजन सिलिन्डर संकलित

कोरोना महामारीको बेला अक्सिजनको अभाव हुन थालेपछि प्रयोगमा नआएका सिलिन्डर संकलन गर्न थालिएको छ ।

ललितपुरका विभिन्न स्थानमा प्रयोगविहीन अवस्थामा रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरिएको हो ।

संकलित सिलिन्डरमध्ये डीसीसीएमसीको बैठकको निर्णयानुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान,किष्ट मेडिकल कलेज ईमाडोललाई ३० थान,बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान सिलिण्डर प्रदान गरिएको प्रहरीले जनाएको छ ।

ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी उपरीक्षक प्रज्वल महर्जन, राष्ट्रिय अनुसन्धान विभाग ललितपुरका प्रमुख,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र घरेलु तथा साना उद्योग विभागको प्रतिनिधि रहेको टोलीले जिल्लाका अक्सिजन प्लान्टहरूको अनुगमन समेत गरेको छ ।

त्यत्तिकै थन्काइएका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तीब्रता ल्याउनुका साथै आमनागरिकमा यसबारे कुनै जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर, ललितपुरमा जानकारी गराइदिन महानगरीय प्रहरी परिसर, ललितपुरले अनुरोधसमेत गरेको छ ।

टिप्पणीहरू