तीन जिल्लामा तीन जनाको डुबेर मृत्यु
तनहुँको भानु नगरपालिका–३ चामबासस्थित मर्स्याङ्दी नदीमा डुबेर स्थानीय १७ वर्षीय रमेश लामिछाने मगरको मृत्यु भएको छ ।
त्यस्तै,लमजुङको राईनास–१ बोराङ खोलामा डुबेर स्थानीय ८ वर्षीय बसन्त गुरुङको मृत्यु भएको छ ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय मेडिकल हुँदै सहोदर अस्पताल धमिलिकुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उता,सप्तरीमा घरअगाडिको पोखरीमा डुबेर दुई वर्षीय नाबालिकाको मृत्यु भएको छ ।
डाक्नेश्वरी नगरपालिका–३ हटईलका मोहमद फिरोज मियाकी २ वर्षीया छोरी अफिया खातुनको आफ्नै घर अगाडि रहेको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू