आज कोरोनाको कारण सर्वाधिक मृत्यु,स्वास्थ्य संकटकाल लाग्ने सम्भावना
आगामी जेठ ६ को राष्ट्रियसभा उपनिर्वाचन र नीति तथा कार्यक्रमलाई समेत सहज हुनेगरी सभामुखद्वारा वैशाख ३० गतेलाई डाकिएको संसद बैठकसमेत रोक्ने गरी सरकारले एक महिने स्वास्थ्य संकटकाल लगाउने सम्भावना देखा परेको छ ।
अहिले साँझ बालुवाटारमा बोलाइएको क्याबिनेट बैठकमा यसवारे कुरा उठ्ने सम्भावना थियो । स्वास्थ्य संकटकाल लगाउने,संसद अधिवेशन स्थगित गर्ने र अध्यादेशबाट बजेट ल्याउनको लागि अबको मन्त्रीपरिषद् बैठकमा छलफल हुने स्रोतले बताएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले स्वास्थ्य संकटकालको लागि आवश्यक सिफारिश गरेको बुझिएको छ ।
सरकारले आज बिहानै एसईई र कक्षा १२ को परीक्षा स्थगनको घोषणा गरिसकेको छ ।
टिप्पणीहरू