भारतीय भाञ्जोलाई नेपाली नागरिकता र राहदानी
भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ । राकेशकुमार महतो (पासी) भनेर चिनिने भारतीय नागरिकले आफ्ना मामाहरुको माध्यमबाट नागरिकता लिएको उजुरीमा खुलाइएको छ ।
आमाको नागरिकताबाट मात्रै नागरिकता नपाउने देशमा भारतीय नागरिक महतोले भने मामाको नाताबाट नागरिकता लिएर कतार गएको बताइएको छ । मामा जनकपुर बसहिया–८ का भोला महतो पासी र अशोक महतोले भान्जा राकेशलाई अनाधिकृत तवरले नेपाली नागरिकता र राहदानी बनाइदिएको उजुरीमा उल्लेख छ ।
जनकपुरका मामा महतोले घरेलु मदिरा उत्पादन र बिक्रीको पेशा गर्ने व्यहोरा उल्लेख गर्दै उजुरीमा भान्जा राकेश भारत,बिहारको मधुवनी जिल्ला बिशोल गाँउका वासिन्दा रहेको खुलाइएको छ । उनको मामाघर धनुषाको गुगल प्रसाद उच्च माध्यमिक विद्यालय बसहिया चोकदेखि पूर्व पर्छ ।
उजुरीकर्ताले नेपाली नागरिकता लिने भारतीयको कतारस्थित टेलिफोन नम्बरसमेत उल्लेख गरेका छन् । उनको टेलिफोन नम्बर ०९७४७०३३९… र ०९७४३०८२३….रहेको भन्दै मामाघरको लोकेशनसमेत उजुरीमा बनाएर जानकारी गराइएको छ ।
टिप्पणीहरू