कोरोनाको कारण बैंकर तथा पूर्वसीईओको निधन,१२ घण्टाअघि पिता दिवङ्गत
कोरोना संक्रमणको कारण माछापुच्छ्रे बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको ज्यान गएको छ । श्रेष्ठको आज बिहान ११ बजे निधन भएको हो । उनका पिताको मंगलबार राती ११ बजे निधन भएको बताइएको छ ।
माछापुच्छ्रे बैंकका सञ्चालकहरुसँग मतभिन्नता भएपछि उनले १६ महिनामै राजीनामा दिएका थिए । जबकि उनी चार वर्षको लागि नियुक्त भएका थिए । यता सनराइज बैंकको सीईओमा नियुक्त भएका उनले त्यहाँका सञ्चालकहरुको झगडाका कारण पद बहाली नै नगरी राजीनामा दिए ।
उनले तत्कालीन ग्रिण्डलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा करियर शुरु गरेका थिए । ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंकलगायतमा काम गरेका श्रेष्ठ सनराइजको लफडापछि साढे दुई वर्षदेखि घरमै थिए ।
टिप्पणीहरू