पूर्वराजा अस्पतालबाट डिस्चार्ज
कोरोना संक्रमणमक्त भएपछि नर्भिक हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह आज साँझ डिस्चार्ज हुनुभएको छ ।
उहाँ साँझ ८ बजे अस्पतालबाट डिस्चार्ज हुुनुभएको अस्पतालले जनाएको छ । कोरोना संक्रमणका कारण १९ दिनअघि नर्भिक अस्पतालमा उहाँ पूर्वरानी कोमल शाह र छोरी पूर्वअधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।
अस्पतालमा उहाँलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । तीन दिन अघि गरिएको स्वाब परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो ।
भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर स्वदेश आएपछि पूर्वराजा–रानीमा कोरोनाको लक्षण देखापरेको थियो ।
टिप्पणीहरू