आज रमजान र भोलि ईद उल फितर

आज रमजान र भोलि ईद उल फितर

मुस्लिम समुदायको पवित्र पर्व इद उल फित्र भोली मनाइने भएको छ ।

राष्ट्रिय मदरसा संघका अनुसार बिहीबार नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएको र छिमेकी देशहरुबाट पनि चन्द्रमा देखेको समाचार नआएकाले आज रमजान र भोलि इद मनाइने भएको हो ।

संघका अध्यक्ष डाकक अब्दुल गनी अलकुफी, महासचिव मौलाना मशहूद खां नेपाली र संस्थापक शमीम अहमद नदवीले भोली इद मनाउने जानकारी दिएका हुन् ।

रमजान महिनाको शुरुवात चन्द्रमा देखेर हुने भएकाले कुनै बर्ष ३० दिन तथा कुनै बर्ष २९ दिनको रमजान महिना हुन्छ । इस्लाम धर्मको पवित्र महिना रमजान वैशाख १ गते दखि शुरु भएको थियो ।

मुस्लिम धर्मावलम्बीहरुले पवित्र महिनाका रुपमा एक महिनासम्म रमजानको व्रत बस्ने गर्छन् ।

रमजानको महिनामा मुस्लिम समुदायभित्र आफ्नो घरको वरिपरि वा गाउँ, टोलमा रहेका गरिब असहायहरुलाई सहयोग गर्ने प्रचलन रहिआएको छ ।

टिप्पणीहरू