एमाले विवाद समाधानउन्मुख, पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किने,१० सदस्यीय कार्यदल गठनको प्रस्ताव
एमालेभित्रको आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको लामो कुराकानीमा पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र १० जनाको कार्यदल बनाएर उत्पन्न समस्या समाधान गर्नेमा सहमति जुटेको बताइन्छ ।
उच्चस्रोतका अनुसार माओवादी केन्द्रबाट हालै एमाले प्रवेश गरेका २३ जना नेतालाई समेत त्यसैमा समाहित गरिने छ ।
त्यसपछि गठन हुने १० जनाको कार्यदलले दिएको प्रतिवेदनमा उल्लेखित मार्गदर्शनको आधारमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले मिलेर कार्यान्वयन गर्दै जाने भनिएको छ ।
त्यस्तो सहमतिमा माओवादीबाट एमाले प्रवेश गरेकाहरुलाई जे जस्तो जिम्मेवारी दिइएको छ, त्यही अवस्थामा राखिने छ ।
एमालेभित्रको पछिल्लो सहमतिले सबैभन्दा मर्का माओवादीबाट छिरेका दुई दर्जन नेतालाई पर्ने स्पष्ट देखिएको छ । स्रोतका अनुसार केही समयसम्म अब उनीहरुले माधव र केपीको बीचमा खेल्न खोज्नेछन् ।
तर,केही समयपछि केपी,माधव र झलनाथ खनालको राजनीतिक प्रतिस्पर्धामा उनीहरु ‘स्याण्डवीच’ बन्न बेर लाउँदैनन् । त्यसैले उनीहरु अब एमालेभित्र ओलीसङ्ग भए पनि ठूलो चलखेल केही पनि गर्नसक्ने अवस्थामा नहुने स्रोतको विश्लेषण छ ।
टिप्पणीहरू