धारा ७६ (२) अन्तर्गत गठबन्धन सरकार नबन्ने भयो : नेकपा माओवादी
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानको धारा ७६ (२) अन्तर्गत नयाँ गठबन्धन सरकार बन्न नसक्ने बताउनुभएको छ ।
उहाँले आज साँझ पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै उक्त कुरा बताउनुभएको हो । पार्टी कार्यालयमा साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग जनता समाजवादी पार्टीका नेताहरू उप्रेन्द्र यादव, अशोक राई,राजेन्द्र श्रेष्ठसँग भएको भेटवार्तापछि श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
श्रेष्ठले एमालेको नेपाल–खनाल पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेको कारण धारा ७६ (२) अन्तर्गतको गठबन्धन सरकार बनाउने सन्दर्भमा राष्ट्रपतिलाई आग्रह गर्नको लागि आवश्यक सदस्य संख्या नपुगेपछि त्यसको लागि पहल नगर्ने निर्णय गरिएको खुुलासा गर्नुभएको हो ।
टिप्पणीहरू