पुरानै अनुहारको नयाँ मन्त्रिपरिषद्
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम हिजो अल्पमतको प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओलीले आज शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच ओलीले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा,राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
यसैबीच नवनियुक्त प्रधानमन्त्री ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिनुभएको छ । एमाले महासचिव ईश्वर पोखरेललाई भने उपप्रधानमन्त्रीको शपथ खुवाइएको छ ।
पदमुक्त भएको तीन दिनपछि पुन: प्रधानमन्त्री पदको शपथ लिनुभएका ओलीले मन्त्रिपरिषद्का पुरानैलाई साबिककै जिम्मेवारीसहित २१ मन्त्री र २ राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।
शपथ ग्रहण कार्यक्रममा एक क्याबिनेट मन्त्री र १ जना राज्यमन्त्री अनुपस्थित रहेको सहसचिव तथा राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जनआस्थालाई जानकारी दिनुभयो ।
दुबै मन्त्री कोभिड १९ बाट संक्रमित भएका कारण शपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहेको बताइएको छ ।
रमाइलोचाहिँ जेठ ६ गते बाग्मती प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादलले समेत शपथ लिएका छन् । निर्वाचन आयोगले हिजैदेखि सो प्रदेशको उम्मेद्धारका लागि आचारसंहिता जारी गरिसकेको छ । आचारसंहिताअनुसार यसरी शपथ लिनुलाई गलत भन्दैछन् निर्वाचन आयोगका अधिकारीहरु ।
अर्काेतिर प्रचण्डको साथ छाडी ओली (एमालेमा) बिलय भएका मणिचन्द्र थापा र दावा तामाङ संविधानअनुसार अर्काे महिना स्वत: पदमुक्त हुनेछन् । उनीहरुले पनि शपथ लिएका छन् ।
एमालेको माधव समूह र जसपाको महन्थ खेमालाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु तत्काल सरकारमा सहभागी नहुने भएपछि पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिइएको बताइन्छ ।
टिप्पणीहरू