शपथ ग्रहणपछि प्रधानमन्त्रीले के के गर्नुभयो ?

शपथ ग्रहणपछि प्रधानमन्त्रीले के के गर्नुभयो ?

आज राष्ट्रपति कार्यालयमा मुलुकको ४३ औँ प्रधानमन्त्रीको पदको शपथ ग्रहण गरेपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लगत्तै काठमाण्डौंको लैनचौरस्थित सहिद स्मारक पार्कमा पुगेर पुष्पगुच्छा तथा माल्यार्पण गर्नुभयो ।

त्यसपछि सोझै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदबहाली गर्न जानुभएको थियो ।

उहाँले नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेललगायतका मन्त्रीहरू, मुख्य सचिव शंकरदास वैरागी तथा सचिवहरूको उपस्थितिमा आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको हो ।

टिप्पणीहरू