एमाले माओवादीसङ्ग एकतापूर्वको स्थितिमा फर्कने सहमति
नेकपा एमालेलाई माओवादीसङ्ग एकताअघि ०७५ जेठ २ कै अवस्था वरपर पुर्याउने र माओवादी छाडेर आएका २३ भाइलाई पनि त्यसैमा समेट्ने सहमतिसहित दुबै खेमाका नेताहरु घरतिर लागेका छन् ।
आज दुईतिरबाट पाँच पाँच जनाको साथमा दुई शीर्ष नेताले थालेको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सहभागी श्रोतले जनआस्थालाई बतायो ।
आजकै छलफलको नतिजास्वरुप अब दुई नेताले समस्या समाधानार्थ यौटा कार्यदल बनाउनेछन् ।
टिप्पणीहरू