अस्पतालबाट निस्केपछि पूर्वराजाको सबैलाई धन्यवाद

अस्पतालबाट निस्केपछि पूर्वराजाको सबैलाई धन्यवाद

आफ्नो उपचारमा हरदम खटिएका जुटेका डाक्टर,नर्स तथा हमेशा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभचिन्तकप्रति पूर्व राजा ज्ञानेन्द्रले आभार र धन्यवाद प्रकट गर्नुभएको छ ।

थापाथलीस्थित नर्भिक हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई उहाँ बैशाख २९ गते डिस्चार्ज हुनुभएको थियो । हिजो पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज हुनुभएको छ ।

शाहले एक ट्वीट गर्दै कोरोनाको विश्व महामारीका कारण आफूहरुलाई नर्भिक अस्पतालमा उपचारपछि संक्रमण निको भएको बताउनुभएको छ ।

यसैगरी,अस्पतालका अध्यक्ष वसन्त चौधरीले पनि ट्वीट गर्दै पूर्वराजा तथा राजपरिवारका सदस्यहरुको सफल उपचारमा खुशी व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू